News Griha :: न्यूजगृह
हत्या आरोपमा गोरखाबाट एक पक्राउ

गोरखा— गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् ।

१७ वैशाखको बिहान आफ्नै घरको कोठामा घ्याल्जेन मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएकाले उनको हत्या भएको आशंका गरिएको थियो ।

इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटा कमाण्डको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए ।

पक्राउ परेका धुनडुपविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १९:४७
Weather Update