News Griha :: न्यूजगृह
उदयपुरमा बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

उदयपुर— १३ वर्षीय र १६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएका छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:१७
Weather Update