राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला

पोखरा— परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत नासु ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेका छन् ।
सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् । विराटनगर राजवंशी चोकका भण्डारी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १४:४३