
काठमाडौं—ल्यान्डिङ गियरमा समस्या देखिएपछि भैरहवा एअरपोर्टको रन वेमै श्री एअरलाइन्सको जहाज अडकिएको छ ।
जहाज बिग्रेर रन वे मै रहेका कारण भैरहवाको सम्पूर्ण उडान तालिका बिथोलिएको छ । श्री एअरका भैरहवा प्रतिनिधि मिलन थापाका अनुसार हाल जहाजको मर्मत कार्य भइरहेको छ ।
‘प्रारम्भिक रुपमा जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएको इन्जिनियरहरूले बताएका छन्’, थापाले न्यूजगृहसँग भने, ‘जहाजलाई रन वे बाट निकाल्न अझै केही समय लाग्न सक्छ ।’
काठमाडौंका लागि बिहान उडेको श्री एअरलाइन्सको जहाजमा समस्या देखिएपछि बीचबाटो बाटै पुनः भैरहवा नै फर्केको थियो ।
ल्यान्डिङ गियरमा समस्या देखिएपछि भैरहवा फर्काइएको विमान ठुलो दुर्घटना हुनबाट बचेको हो ।
रन वे मा विमान भएकै कारण काठमाडौंबाट भैरहवाको लागि उडान भरेको यति एअरलाइन्सको विमान पुनः काठमाडौं फर्केको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।