News Griha :: न्यूजगृह
रक्षामन्त्री खड्काको प्रस्टीकरण– हतियार कारोबारमा म संलग्न छैन

काठमाडौं— उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको प्रस्टीकरण दिएका छन् ।

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नताबारे प्रस्टीकरण दिएका हुन् ।

‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विवि प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खड्काले भनेका छन्,‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०९:३३
Weather Update