News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरणबारे के भन्छन् बाबुराम ?

मकवानपुर— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको सही ढंगबाट छानबिन गर्नुपर्ने बताएका छन् ।

आइतबार हेटौंडामा सञ्चारकर्मीसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले उक्त प्रकरणकाे सही ढंगबाट छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘अहिले भुटानी शरणार्थीको विषय आइरहेको छ । त्यो गम्भीर छ । सही छानबिन हुनुपर्छ र दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्छ,’ उनले भने ।

डा.भट्टराईले बदलिँदो परिवेशमा वैकल्पिक शक्ति निर्माण गरेर सुशासनसम्बन्धी जनताका आकांक्षाहरू पूरा गर्न सक्नुपर्ने बताए ।

‘जनतामा निराशा पैदा भएको छ,’ उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि विकास निर्माणका काम तीव्र गतिमा हुन नसक्दा पछिल्लो समय देशमा राजनीतिक तथा आर्थिक संकटहरू देखा परेको छ । आगामी दिनमा वैकल्पिक शक्तिहरू निर्माण गरेर सुशासनसम्बन्धी जनताका अपेक्षाहरु पूरा गर्न सक्नुपर्छ ।’

वर्तमान संकटको समाधान समान्य ढंगबाट नहुने डा.भट्टराई बताउँछन् । उनले भने,‘अहिलेको संकटको समाधानका लागि संरचनागत र संस्थागत सुधार आवश्यक छ । टालटुले काम गरेर अहिलेको संकट समाधान हुने देखिँदैन । हाम्रो निरपेक्ष अर्थतन्त्र कसरी धान्ने भन्ने विषयमा ध्यान जानु पर्छ ।’

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०७:०९
Weather Update