News Griha :: न्यूजगृह
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं— अर्घाखाँचीको  शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 शितगंगा नगरपालिका वडा नम्बर–४, रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्याँप्दा कोप्चेबास निवासी चालक राजु भनेर चिनिने मानबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

भिरालो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएको र नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०६:०५
Weather Update