उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं— निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत्र ५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत्र ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ०६:४२