News Griha :: न्यूजगृह
निसीखोलामा डुबेर बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

गलकोट— निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।

बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए । 

घरभन्दा दुईसय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:२७
Weather Update