News Griha :: न्यूजगृह
गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । 

आइतबार गोरखापत्र संस्थानको १२३औँं वार्षिकोत्सवमा उनले अँध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्ने बताए । उनले गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाइमा लैजान सकिन्छ भन्ने कुरालाई उच्च प्राथमिकता दिन जरुरी रहेको पनि बताए । 

उनले सामाजिक सद्भाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रूपमा लैजान आवश्यक रहेको बताए । उनले विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सही सदुपयोग गर्न र युग सापेक्ष बनाउन जरुरी रहेको बताए । 

उनले गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी रहेको औँल्याए । 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ११:५७
Weather Update