नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं— नेपाली नागरिकता लिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठूलो संख्यामा भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो १ बजे पत्रकार सम्मलेन गरेर घटनाबारे विस्तृत विवरण जानकारी दिने कार्यालयले जनाएको छ।
यसअघि झुटा विवरणसहित तिब्तिती शरणार्थीलाई नागरिकता दिएको आरोपमा सरकारी कर्मचारीसहितका व्यक्तिलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ११:२०