News Griha :: न्यूजगृह
मनास्लु पदमार्गमा भरियाको मृत्यु

गोरखा— मनास्लु पदमार्गमा विदेशी पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गरी मनाङतर्फ निस्कने क्रममा अत्यधिक हिमपातका कारण बिरामी परेका भरिया प्रकाश दवाडीको ज्यान गएको हो ।

नीलकण्ठ नगरपालिका–११ धादिङका २० वर्षीय दवाडी १८  वैशाखमा ज्यान गएको प्रहरीले जनाएको छ । बहराल एडभेन्चर प्रा.लि.बाट पोर्टरका रूपमा लार्के पास गर्न गएका दवाडीको शनिबार मृत्यु भएको डीएसपी लीलाराज लामिछानेले बताए ।

५००६ मिटर उचाइ रहेको सो ठाउँमा बिरामी परेका उनी भारी हिमपात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।  सबै यात्रुबाट एक्लिएका उनको शव शनिबार लार्के भन्ज्याङ नजिकै भेटिएको डीएसपी लामिछानेले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०९:३४
Weather Update