संघीय संसद्का नवनियुक्त सचिवहरूले शपथ लिँदै

काठमाडौं— संघीय संसद्का दुई जना सचिवले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । संघीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०:१५ बजे उक्त सपथ समारोह कृषि समितिको हल, सिंहदरबारमा हुनेछ ।
प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाको सचिवमा डा.सुरेन्द्र अर्याल गत २१ वैशाख नियुक्त भएका थिए ।
संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन् ।
उनीहरू दुवै जना नेपालको संविधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ०७:१६