News Griha :: न्यूजगृह
पौडी खेल्दा डुबेर एक युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दैलेख— दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

दैलेखको नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो ।

आज दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:४९
Weather Update