News Griha :: न्यूजगृह
कञ्चनपुरमा रुखको हाँगा खसेर एकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

महेन्द्रनगर— रुखको हाँगा खसेर कञ्चनपुरका आज एकजनाको मृत्यु भएको छ । 

सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो ।

उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । 

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । ‘अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन,’ प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १६:५५
Weather Update