News Griha :: न्यूजगृह
खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ

धनगढी— कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

बिहीबार साढे ९ बजे राति जोशीपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय अमृत चौधरीलाई शङ्कास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लम्की चुहा नगरपालिका-३ ब्यवस्थितनगर स्थित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले चौधरीलाई खानतलासी गर्दा जिन्सको हाफ पाइन्टको बायाँ खल्तीबाट ३ ग्राम ३ सय ४० मिली ग्राम खैरो हेरोइन फेला पारेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ११:५५
Weather Update