मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

जोमसोम— मुस्ताङको थासाङ-१ टुकुचेमा शनिबार बिहान करिब ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।
कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माण स्थलतर्फ लैजाँदै गर्दा ग १ त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा धौलागिरी गाउँपालिका-३ दरक बस्ने ३४ वर्षीय तकबहादुर बुढाको इन्जिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए । ट्याक्टर थासाङ-२ बस्ने नगेन्द्र फगानीको रहेको बताइएको छ ।
ट्याक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलसहितको टोली घटना स्थलमा पुगेको थियो । प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८० ११:४८