News Griha :: न्यूजगृह
ट्रकको ठक्करबाट अमेरिकामा नेपाली महिलाको मृत्यु

काठमाडौं— अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । 

रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिएपछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो ।

रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिला आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएकाे छ ।

उनी एनआरएन आईसीसीको अमेरिकाका क्षेत्रीय उप-संयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् । दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए । उनीहरूको सन्तानको रुपमा दुई छोराहरू रहेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १०:०३
Weather Update