News Griha :: न्यूजगृह
सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि कञ्चनपुरमा खुकुरी प्रहार

कञ्चनपुर— सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । 

गत शुक्रवार राती होहल्ला गरे पछि सम्झाउन गएका सई चौंसिर माथि खुकुरी प्रहार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बीओपी प्रमुख माथि खुकुरी प्रहार भएको हो । 

सो खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ । खुकुरी प्रहार गरी फरार रहेकाहरूको अहिले खोजी कार्य जारी राखिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०९:०१
Weather Update