News Griha :: न्यूजगृह
कञ्चनपुरमा अवैध कुखुरा नष्ट

कञ्चनपुर— कञ्चनपुरमा भारतबाट अवैध रूपमा भित्र्याइएका कुखुरा नष्ट गरिएको छ । बेलौरीबाट प्रहरीले भारतीय अवैध बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको हो ।

बिहीबार राति इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले वडा नम्बर ६ विद्यानगरबाट अवैध बोइलर कुखुरा बरामद गरेको थियो ।

बेवारिसे अवस्थामा झण्डै एक सय ३० किलोग्राम भारतीय बोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।

बरामद गरिएका २६ हजार मूल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २१:४३
Weather Update