News Griha :: न्यूजगृह
कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु

कञ्चनपुर— कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर एक जना ट्रक चालकको मृत्यु भएको हो ।

नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक खुमबहादुर रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयय कञ्चनपुरले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २१:३५
Weather Update