काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट काठमाडौं आउँछु भन्दा भन्दै हराएको बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले भने,‘उहाँ (टोपबहादुर रायमाझी) बोल्दा बोल्दै, हेर्दाहेर्दै हराउनुभयो । आउँछु भन्दा भन्दै हराउनुभयो ।’
सभापति लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सरकारले चालेको कदम सकारात्मक रहेको जनाएका छन् । तर उनले भने,‘उहाँले (गृहमन्त्री नारायणकाजी श्रेष्ठ) राम्रो कदम चाल्नुभएको छ ।’
शरणार्थी प्रकरण कसरी टुंगिन्छ भन्ने अझै हेर्न बाँकी रहेको बताउँदै सभापति रविले रायमाझी पक्राउ नपरेकाले शंकाकै घेरामा रहेको बताए ।