News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरण : रवि भन्छन्– म गृह मन्त्रालयमा छँदै अनुसन्धान सुरु गरेको विषय हो

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले भित्री रूपमा अनुसन्धान अघि बढाएको दाबी गरेका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले आफू गृहमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थीका नाममा ठगीमा परेको भनेर गुनासो आएको र त्यसबारेमा भित्री रूपमा अनुसन्धान अघि बढाएको दाबी गरेका हुन् ।

‘जब म गृह मन्त्रालयमा थिएँ, हामीले ४/५ चरणमा बसेर छलफल गरेर, पेचिलो छ भनेर भित्री रूपमा अनुसन्धान सुरु गरेको विषय हो,’ उनले भने ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्नलाई प्रहरीले पक्राउ गरी अनुसन्धन अघि बढाएको कार्यको आफ्नाे समर्थन रहेकाे उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १९:५८
Weather Update