भुटानी शरणार्थी प्रकरण
भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं— अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गरिएको ठगीमा संलग्न जोसुकै व्यक्तिलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।
पार्टी पदाधिकारी बैठकपछि पत्रकारको प्रश्नको उत्तर दिँदै प्रवक्त महतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर गठी गर्ने कार्य जघन्य अपराध भएको बताए ।
‘यो जघन्य अपराध हो । यसमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ,’ डा.महतले भने ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १८:३४