News Griha :: न्यूजगृह
सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु 

काठमाडौं— शुक्रबार भएको सिम्रिक एअरको ९एन–एजेजेड रजिष्ट्रेसनको हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

दुर्घटनामा चालकसहित हेलिकप्टरमा सवार पाँचजनामध्ये एकजनाको अवस्था सामान्य र तीनजना घाइते रहेको बताइएको छ । गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको तुम्लिङ्गटार विमानस्थललाई उद्धृत गर्दै नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । दुर्घटनामा परेकामध्ये तीनजनाको उपचारको लागि सिम्रिक एउअरको हेलिकप्टरबाट काठमाडौं उपत्यकाको मेडिसीटी अस्पताल ल्याइएको छ ।

अरुण तेस्रो जलविद्युत्को सामग्री बोकी संखुवासभाको गोलाबाट छुम्रुङ्गका लागि उडेको हेलिकप्टर भोटेखोला गाउँपालिका वडा नं. ४ स्रिपुरङ्गमा १ बजे दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाको सूचनापछि नेपाली सेनाको १ तथा सिम्रिक एअरको १ गरी दुईटा हेलिकप्टरलाई उद्धार कार्यका लागि परिचालन गरिएको प्राधिकरणले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

press-release1683287066.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १७:२९
Weather Update