News Griha :: न्यूजगृह
नक्कली नोटसहित दुई जना पक्राउ 

काठमाडौं—  नक्कली नोट सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटका ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाहय हलुवाई छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

सम्झना गहतराजले नयाँबस्तीस्थित किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारेको थियो ।  उनीसँगको सोधपुछका क्रममा हलुवा पनि पक्राउ परेका हुन् ।  

उनीहरूको साथबाट प्रहरीले तयारी अवस्थामा रहेको १ हजार दरका ४९ वटा नक्कली नोट,  प्रिन्ट गरेर काट्न बाँकी एक हजार दरका १२६ वटा, तयारी ५ सयको नोट २ वटा, प्रिन्ट गरेको काट्न बाँकी ५ सयको ६० वटा लगायतका सामानहरू बरामद गरेको छ ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १५:५७
Weather Update