लागूऔषधसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ

सुर्खेत— सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका ७ का १८ वर्षीय राजु रावत रहेका छन् ।
उनलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको र चेकजाँचका क्रममा जुत्तामा मेघाश्रीको खोल्सोभित्र लागूऔषध लुकाइ राखेको भेटिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट २१० ग्राम लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० २०:३४