News Griha :: न्यूजगृह
महिलाको फोटो र भिडिओ तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने एक पक्राउ

काठमाडौं— सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्रहत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरीको सहयोगमा साइबर ब्यूरोको टोलीले बुधबार विजय लामा भन्ने डम्बरबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलतासहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको आरोप छ ।

सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको भन्दै तामाङलाई पक्राउ गरिएको हो ।

चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय लामाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा बिहीबार पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २०:११
Weather Update