उपप्रधानमन्त्रीकाे संयोजकत्वमा वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित
काठमाडौं— सरकारले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती कर्मचारीले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
आफूहरुको मागको सम्बन्धमा वार्ता समितिले बिहीबार नै छलफल गर्ने तयारी गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।
उनीहरूले बिहीबार सिंहदरबार गेटअघि सांकेतिक रूपमा धर्ना दिएका थिए । उनीहरूले संघीय निजामती ऐन जारी गर्नुपर्नेलगायत माग अघि सारेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १८:५३