News Griha :: न्यूजगृह
विवाह हुन एक हप्ता बाँकी, युवतीले गरिन् आत्महत्या

भक्तपुर— सूर्यविनायक नगरपालिका– ७ गुन्डुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् ।

२८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । काठमाडौं दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका— ९ बस्ने  २८ वर्षीय मनोज अधिकारीसँंग  सुस्मिताको विवाह तय भइसकेको थियो । 

तर, बिहीबार आफ्नै घरको फलामको भर्याङमा पासो लगाई आत्महत्या गरेको अवस्थामा सुस्मितालाई फेला पारिएको एसपी प्रजित केसीले जानकारी दिए ।

उनको साथबाट भेटिएको सुुसाइड नोटमा आफैँले आत्महत्या गरेको र पिर नगर्न भनिएको छ ।  यद्यपि, थप अनुसन्धान भइरहेको एसपी केसीले बताए । 
  

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १६:३१
Weather Update