नक्कली भुटानी शरणार्थी
ठगी प्रकरण: टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं— जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। बुधबार साँझ नै उनी बुटवलबाट पक्राउ परेका हुन् ।
रायमाझीलाई बिहीबार बिहान मात्रै जहाजबाट काठमाडौं ल्याइएको हो । लगतै प्रहरीले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो।
उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १४:१४