मोरङमा भ्यान दुर्घटनाः दुईको मृत्यु

विराटनगर— मोरङको लेटाङ नगरपालिका– ७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा भ्यान चालक मोरङ पथरी- शनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ– ६ का ५५ वर्षीय रुद्र लम्सालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको पिकअप भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० ११:४६