News Griha :: न्यूजगृह
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर— मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बाग्मती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बाराका २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।

दुबै शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १०:०५
Weather Update