भुटानी शरणार्थी
सांसद टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

काठमाडौं— प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
बुधबार अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका सांसद रायमाझीलाई भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप रायमाझीलाई लागेको छ ।
सोही आरोपको अनुसन्धानका लागि रायमाझीलाई बिहीबार पक्राउ गरी भैरहवाबाट काठमाडौं ल्याइँदै गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा टोपबहादुरका छोरा सन्दीपलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
टोपबहादुर अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० ०९:२७