News Griha :: न्यूजगृह
‘विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी’

रौतहट— मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।

मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेस प्रदेश सञ्चार सम्मेलनमा उनले मधेस प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि हित अनुकूलका ऐन तथा कानून निर्माणमा प्रदेश सरकार लागि परेको भन्दै उनले प्रदेशमा सञ्चारकर्मीलाई सहयोग गर्न आगामी आर्थिक वर्षमा एक करोडको अक्षयकोष स्थापना गरिने जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०६:०८
Weather Update