News Griha :: न्यूजगृह
 मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु

काठमाडौं— काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा बुधबार दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

मृतक तामाङले लामो समयदेखि मिस्त्री काम गर्दै आएका थिए । तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०५:५९
Weather Update