News Griha :: न्यूजगृह
गोधुली साँझमा काठमाडौं

काठमाडौं— काठमाडौंमा बस्ने मानिसहरूलाई खासै फुर्सद हुँदैन । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामको चाप । यही व्यस्त शहरमा समय निकाल्ने हो आनन्द लिन सकिन्छ । रमाउन सकिन्छ ।

साँझपख टहलिने मात्र हो भने पनि गोधुली साँझको आनन्द लिन टाढा गइरहनु पर्दैन । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन् । आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक ।

हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन् । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ ।

ktm-sajha1679115335.jpg

evening-kathmandu-moutain1679114700.jpg

kathmandu-sajha1679114582.jpg

ktm-evening1679114509.jpg

evening-ktm1679114427.jpg

sajhako-ktm-nepal1679114330.jpg

evening-ktm-nepal1679114245.jpg

kathmandu-evening1679114159.jpg

तस्बिरहरू : न्यूज एजेन्सी नेपाल 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०९:५९
Weather Update