News Griha :: न्यूजगृह
एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं— तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

बुधबार काठमाडौं प्रहरीले नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट सो पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिएपछि काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको हो ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १४:४९
Weather Update