काठमाडौं महानगरले माग्यो ५६ नगर प्रहरी

काठमाडौं— काठमाडौं महानगरपालिकाले करारमा नगर प्रहरी माग गरेको छ ।
गत आइतबार (१० वैशाख) माग गरिएअनुसार ३० जनाको नियुक्ति प्रक्रिया सुरु भएको जनाउँदै महानगरले थप ५६ जना नगर प्रहरीको माग गरेको हो ।
महानगरले खुल्लातर्फ २४, महिला १५, आदिवासी जनजाति १२, मधेसी १, दलित ३ र अल्पसंख्यक समुदायबाट १ गरी ५६ जनाको माग गरेको छ ।
महानगरका अनुसार १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० ०९:१३