News Griha :: न्यूजगृह
चिसो बढ्यो, काठमाडौंको तापक्रम १२.४ डिग्री सेल्सियस

काठमाडौं— दिनप्रतिदिन चिसो बढ्दै गएको छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम मङ्गलबार भन्दा अझ तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको हो।

यसअघि मङ्गलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम मनसुन/पोस्ट मनसुनयताकै कम १३ डिग्री सेल्सियस थियो। आज यसभन्दा पनि मुनि झरेको हो।

‘राति मौसम सफा अर्थात् आकाशमा बादल लागेन भने बिहान न्यूनतम तापक्रम घट्छ,’ मौसमविद् अधिकारीले भने, ‘यस्तै दिउँसो घाम लाग्ने पाएन भने अधिकतम तापक्रम घट्छ।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०७:१५
Weather Update