News Griha :: न्यूजगृह
देशभर मध्यम वर्षा

काठमाडौं— अहिले देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशको तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०६:५०
Weather Update