मन्त्रिपरिषद् बैठक
मिटरब्याज समस्या समाधान गर्न अध्यादेश ल्याइने
काठमाडौं— सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
‘मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ,’ उनले भनिन् ।
उनको भनाइमा अध्यादेश मंगलबार नै राष्ट्रपतिकोमा सिफारिस गरिनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १९:१९