रवि लामिछानेका निजी चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालकको उपचारका क्रममा मृत्यु
भएको छ ।
चितवनस्थित एक घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक दिलबहादुर थापा (शम्भु) को मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
अस्पताल स्रोतको भनाइमा उनको दिउँसो २ बजेतिर मृत्यु भएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १५:१३