उपेन्द्र यादवले लिए शपथ

काठमाडौं— बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका हुन् ।
यादव १० वैशाखमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका थिए ।
उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र डा.स्वर्णिम वाग्ले र रवि लामिछानेले यसअघि नै शपथ लिइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १४:४५