News Griha :: न्यूजगृह
यी प्रदेशमा हुनेछ आज बदली र वर्षा
चिसो बढेसँगै बुधबार बिहान सर्लाही सदरमुकाम मलङ्गवामा लागेको कुहिरो ।

काठमाडौं— देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बदली हुँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोशी, बागमती, कर्णाली र सुदूरपिश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०६:००
Weather Update