News Griha :: न्यूजगृह
ट्रकको ठक्करबाट दोलखामा एक जनाको मृत्यु

दोलखा— दोलखाको कालिञ्चोक गाउँपालिका–७ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

चरिकोटबाट सिंगटी गइरहेको बा ७ ख ६९१३ नम्बरको ट्रकले ठक्कर दिँदा आइतबार कालिञ्चोक गाउँपालिका ७ सित्काका ६९ वर्षीय गंगाबहादुर पाण्डेको मृत्य भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०७:०३
Weather Update