
१९ वैशाख २०८०, मंगलबार । वैशाख शुक्ल द्वादशी । पञ्चाङ्ग व्याघात बव उत्तर ।
मेष : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसँग मन प्रशन्न रहनेछ ।
वृष : व्यापारमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
मिथुन : स्वास्थ्यमा सुधार आउनेछ । व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा प्रगति हुनेछ ।
कर्कट : रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रशन्न रहनेछ ।
सिंह : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।
कन्या : सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्त्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
तुला : सोचेको आटेको कामहरु बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ ।
वृश्चिक : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापारबाट लाभ मिल्नेछ ।
धनु : नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।
मकर : परोपकारी काममा रुचि बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथीभाईसँग रमाइलोमा समय बित्नेछ ।
कुम्भ : सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।
मीन : साथीभाईसँग भेट हुँदा मन प्रशन्न रहनेछ । व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।