News Griha :: न्यूजगृह
नर्स मृत्यु प्रकरण : डाक्टर र उनका बुबाविरुद्ध जाहेरी दर्ता

काठमाडौं— काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौं महानगरपालिका–१६ बोहराटारका डा.सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ ।

प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरूविरुद्ध जाहेरी दर्ता गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

जाहेरी दर्तापछि सोमबार बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र मङ्गलबार अदालतबाट अनुमति लिइने प्रहरीले तयारी गरेको छ ।

स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा.ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोशी अस्पतालमा कार्यरत डा.ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ ।

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  २१:५८
Weather Update