News Griha :: न्यूजगृह
जलविद्युत् आयोजनाको बाँधस्थलमा शव भेटियो

तनहुँ— तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा सोमबार एक युवकको शव फेला परेको छ ।

मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ याङ्कोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफन्तको सहयोगमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १९:१६
Weather Update