बझाङमा यार्सा टिप्न गएका एक जनाको गयो ज्यान

बझाङ— बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको ज्यान गएको छ । सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतबार साँझ ज्यान गएकाे हाे ।
उनको यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान गएको हो ।
गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १८:५८